आज यी हुन् सर्वाधिक गुमाएका कम्पनी
१८ फागुन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४८ अकंले घटेर १९६९.०१ बिन्दुमा बन्द भएको छ । सेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेर छ ।
आज २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँको कारोबार भएको छ । आज ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी घटेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, नाडेप लघुवित्त, सिटिजन्स म्यचुअल फण्ड, सनराइज ब्ल्युचिप फण्ड लगायत अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १५:३३












