३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

सेयर बजारमा गिरावट कायमै, १ अर्ब ३३ करोडकाे काराेबार

१८ फागुन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४८ अकंले घटेर १९६९.०१ बिन्दुमा बन्द भएको छ । सेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेर छ । आज २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।बिहीबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ८ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १५:१७