३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

अन्तिम काराेबारकाे दिन यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी

१८ फागुन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४८ अकंले घटेर १९६९.०१ बिन्दुमा बन्द भएको छ ।

सेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेर छ । आज १ अर्ब ३३ करोड ६३ लाख बढीकाे काराेबार भएकाे छ । बिहीबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ८ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३७ लाख, नबिल बैंकको ३ करोड ८५ लाख र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५१ लाख रुपैयाँबढीकाे कारोबार भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १५:०८