नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?
१८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीकाे आइपीओ सूचिकृत भएको छ । नेप्सेमा आज सुपर मादी हाइड्रोपावर र शुभम् पावर लिमिटेडको आइपीओ सूचिकृत भएको हाे ।
१) सुपर मादी हाइड्रोपावर
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । नेप्सेमा कम्पनीकाे २ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ८० पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ ४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SMHL सिम्बाेल प्राप्त गरेकाे छ ।
२) शुभम् पावर लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुभम पावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । नेप्सेमा कम्पनीकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८८ रूपैयाँ ४८ पैसादेखि अधिकतम २ सय ६५ रूपैयाँ ४४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SPL सिम्बाेल प्राप्त गरेकाे छ । आइतबारबाट दोश्रो बजारमा यी कम्पनीको सेयर कारोबार सुरू हुनेछ ।
प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १३:०४












