१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

आजदेखि ‘प्रभु स्मार्ट फन्ड’को बिक्री खुला

१८ फागुन, काठमाडाैं । प्रभु क्यापिटलले आज फागुन १८ गते बिहीबारदेखि ‘प्रभु स्मार्ट फन्ड’ को बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री गर्न लागेको हो ।

कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ ।

बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो । उक्त इकाई छिटोमा फागुन २३ गतेसम्म विक्रीमा रहने छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा चैत ५ गतेसम्म अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो योजना एक बन्दमुखी योजना हो।

योजनाको कुल आकार ८० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ४ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ।

सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १२:५१