१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

१८ फागुन, अष्ट्रेलिया । वेस्टन अष्ट्रेलियाको पर्थमा मार्च ५ मा प्रवासी नेपाली मञ्च वेस्टन अष्ट्रेलियाको आयोजनामा होली- २०२३ हुने भएको छ । मञ्चका अध्यक्ष तेज मल्लले नेपाली रितिरिवाज र परम्परालाई जिवन्त राख्दै नयाँ पुस्तालाइ जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

उहाँले असत्य माथि सत्यको जित प्रतीकको रुपमा मनाइने होली पर्व मातृभूमिमा जस्तै रंगहरु दलेर माया सद्भाव साटासाट गर्दै यस बर्ष पनि मनाउन लागिएको वताए । वार्विक्यु सहितको कार्यक्रम पर्थको क्यानिङ रिभर क्याफे कर्नर केन्ट सेन्ट एन्ड क्वीन्स पार्क आरडी विल्सनमा हुने उनले बताए ।

मञ्चका सचिव गोपाल घिमिरेले कार्यक्रमले नेपालीहरुलाई मातृभूमिको न्यास्रो मेटाउने बताए । उहाले मञ्च प्रवासमा नेपाली संस्कार र संस्कृतिलाई प्रबर्धन गर्न सधै क्रियाशिल रहेको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ११:०१