१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

२४.३५ अकंले घट्यो सेयर बजार, १ अर्ब २८ करोडकाे काराेबार

१७ फागुन, काठमाडाैं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.३५ अकंले घटेर १९९५.५८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ताको १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये २० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएकाे छ । यस दिन आर्दश लघुवित्तको सेयरमा  सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १५:३२