निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन बचतमा कति ?
१७ फागुन, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । लघुवित्तले समुहगत सदस्य तथा सर्वसाधारण बचततर्फको फागुन १५ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
संस्थाले समहुगत बचत तर्फको ६ वटा बचतमा र सर्वसाधारण बचततर्फ ८ वटा बचतमा ब्याजदर सार्वजनिक गरेको छ । लघुवित्तको नयाँ ब्याजदरअनुसार बचतमा न्यूनतम ७.५ प्रतिशतदेखि अधिकतम १२.५५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ।
कर्जामा भने न्यूनतम १० प्रतिशतदेखि अधिकतममा १५ प्रतिशतसम्म ब्याजदर रहेको संस्थाले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १३:२६












