१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

नेप्सेमा थप दुई कम्पनीको १ करोड १६ लाख कित्ता बोनस सेयर सूचिकृत, कुनकाे कति ?

१७ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सिवाइसी नेपाल लघुवित्त र सानिमा बैंकको १ करोड १६ लाख ९२ हजार ३०२.८४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

१) सिवाइसी नेपाल लघुवित्त

नेप्सेमा सिवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस बापतको ३ लाख ६४ हजार ९२५.५१ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

२) सानिमा बैंक

नेप्सेमा सानिमा बैंकको १० प्रतिशत बोनस बापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् दुवै कम्पनी उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ११:५२