९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

कहिलेसम्म कायम सेयरधनीले पाउछन् आशा लघुवित्तकाे लाभांश ?

१७ फागुन, काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे फागुन १६ गते बसेकाे सञ्चालक समितिको बैठकले आफ्नो छैटौँ वार्षिक साधारणसभा चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको ककनी–६स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीको १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ। साथै, सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ०९:५७