कहिले हुन्छ सनराईज र लक्ष्मी बैंकको एकीकृत कारोबार ?
१६ फागुन, काठमाडाैं । मर्जरमा गएका अधिकांश वाणिज्य बैंकहरुले एकीकृत कारोबार सुरु गरेका छन् । एकआपसमा गाभ्ने/गाभिने वा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका लक्ष्मी बैक र सनराइज बैंकले पनि जेठ महिनासम्ममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
लक्ष्मी र सनराइज बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले दुई साताअघि सैद्धान्तिक सहमति प्रदान गरेको थियो। उक्त सहमतिसँगै राष्ट्र बैंकले मर्जर प्रक्रिया ३ महिनाभित्र मर्जर सम्पन्न गर्न समयसीमा तोकेको छ। राष्ट्र बैंकले तोकेको समयसीमा अनुसार जेठ महिनाभित्र दुई बैंकले एकीकृत कारोर सुरु गर्ने लक्ष्य लिएको छ ।
गत पुस २५ गते दुवै बैंकबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो। लक्ष्मी र सनराइजको स्वाप रेसियो १ः१ अनुपातमा हुने प्रारम्भिक सहमति भएकाे छ । मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।
प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १६:३९












