२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

अर्थमन्त्री पाैडेलकाे राजिनामासँगै घट्याे सेयर बजार, काराेबार १ अर्बमा सिमित

१६ फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा गिरावट आएकाे छ । साताकाे पहिलाे काराेबारकाे दिन सुधार देखिएकाे बजारमा दाेस्राे र तेस्राे काराेबारकाे दिन भने गिरावट आएकाे हाे ।

अर्थमन्त्रीबाट विष्णु पाैडेलले राजिनामा दिएसँगै सेयर बजारमा गिरावट आएकाे हाे । साेमबार अर्थमन्त्रीबाट पाैडेलले राजिनामा दिएसँगै मंगलबार सेयर बजार घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३.८१ अंकले घटेर २०१९.७३ बिन्दुमा बन्द भएको छ । सेयर बजारसँगै यस दिन काराेबार रकम समेत घटेकाे छ ।

आज २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँको कारोबार भएको छ । मंगलबार युनिभर्सल पावर कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ७ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज आधिखोला लुघवित्त वित्तीतय संस्था लिमिटेड, आदर्श लुघवित्त वित्तीतय संस्था लिमिटेड र खप्तड लुघवित्त वित्तीतय संस्था लिमिटेड गरी ३ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १५:२१