९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

राष्ट्र बैंकले घटाईदियो आशा लघुवित्तको लाभांश, अब कति पाइन्छ ?

१६ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९को लागि प्रस्ताव गरेकाे लाभांश घटाईदिएकाे छ । कम्पनीले गत माघ २३ गते उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो।

तर राष्ट्र बैंकले लघुवित्तले प्रस्ताव गरेकाे साे लाभांश परिमार्जन गर्दै अब कम्पनीले १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१४३ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्न स्वीकृति प्रदान गरेको हो।

 राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १०:३८