आत्मनिर्भर लघुवित्तको आइपीओ पाउन भाग्य कै भर, कति पर्याे आवेदन ?
१६ फागुन, काठमाडाैं । आत्मनिर्भर लघुवित्तको आइपीओमा आवेदन दिने समय हिजाे फागुन १५ गते साेमबार नै सकिएकाे छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेकाे थियाे । सीडीएसका अनुसार उक्त आइपीओमा फागुन १५ गतेसम्ममा १६ लाख ९ हजार ५८६ जनाले १ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ७८ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । याे माग भन्दा १०४.९० गुणा बढी हो ।
कम्पनीले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियाे । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएको हो । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले खुला गरेको थियो । कम्पनीकाे आइपीओमा माग भन्दा धेरै बढी आवेदन परेकाे छ । मागभन्दा बढी आवेदन परेकाे कारणले याे कम्पनीकाे १० कित्ता सेयर हाता पार्न पनि माग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।
प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार ०९:५१












