छुट्ला है ! लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१६ फागुन, काठमाडाैं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि फागुन १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
कम्पनीले आफ्नो ११ औँ वार्षिक साधारणसभा फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडाैंकाे कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाचन गर्नुका बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम संस्थाको संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार ०९:१३












