७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चको अनुमति

१५ फागुन, काठमाडाैं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।

साेमबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले यस्ताे फैसला गरेको हो । यसअघि धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । सर्वोच्च अदालतको आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनू’ भनिएको छ ।

सन्दीपले विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १७:४१