नेप्सेमा ४ कम्पनीको बाेनस सेयर सूचीकृत, हेर्नुहाेस् कुनकाे कति ?
१५ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) विभिन्न ४ कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको छ। नेप्सेमा मेरो माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सोल्टी होटेलको कुल ८३ लाख २० हजार ६८० कित्ता बाेनस सेयर सूचीकृत भएको हाे ।
१) मेरो माइक्रोफाइनान्स
नेप्सेमा मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस बापतको १२ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
२) नेपाल इन्स्योरेन्स कम्पनी
नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ११ लाख ५७ हजार ६९६ कित्ता सेयर सूचिकृत भएको हो ।
३) सोल्टी होटल लिमिटेड
सोल्टी होटल लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४२ लाख १३ हजार ५३३ कित्ता सेयर सूचिकृत भएको हो ।
४) प्रिमियर इन्स्योरेन्स
नेप्सेमा कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको १७ लाख ४९ हजार ४५१ कित्ता सेयर सूचिकृत भएको हो । यी कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको छ। सूचीकृतपश्चात् यी कम्पनी उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।
प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १५:४८












