२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

एमालेले सरकार छोड्ने निर्णय गरेसँगै ओरालो लाग्यो नेप्से, १ अर्ब ८९ करोडकाे काराेबार

१५ फागुन, काठमाडाैं । एमालेले सरकार छोड्ने निर्णय गरेसँगै नेपाली धितोपत्रको दोस्रो बजार प्रभावित भएको छ। आज बिहान बसेको सचिवालयको बैठकले नेकपा एमालेले सरकार छोड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

उक्त निर्णयसँग साताकाे पहिलाे काराेबारकाे दिन सुधार देखिएकाे सेयर बजार दाेस्राे काराेबारकाे दिन साेमबार ओरालो लागेकाे छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्देशनले ओरालो लागेको नेप्सेलाई एमाले बाहिरीने समाचारले झन् प्रभाव पारेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ ।

आज २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनिकाे यस दिन ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।

आज दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीको सेयरमूल्य उच्च बढेकाे हाे । आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १५:१९