७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

यू–१९ विश्व कप एसिया छनोटः हङकङले नेपाललाई दियाे १२१ रनकाे लक्ष्य

१५ फागुन, काठमाडाैं । १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा हङकङले नेपाललाई १२१ रनकाे लक्ष्य दिएकाे छ ।यूएईमा टस जितेर पहिले ब्याटिङ गरेकाे हङकङ ४६ ओभर ३ बलमा १२० रन बनाउँदा अलआउट भयाे ।

हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २/२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अङ्क तालिकामा नेपाल र यूएईकाे समान ४ अङ्क भए पनि नेट रनरेटकाे आधारमा यूएई शीर्ष स्थानमा र नेपाल दाेस्राे स्थानमा छ ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १४:१५