२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा कसलाई सहयोग गर्ने निर्णय भएन

१५ फागुन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे भने अझै निर्णयमा नपुगेको जानकारी दिए । सरकारमा सहभागी रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समर्थन फिर्ता लिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १३:५०