२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रधानमन्त्रीले एमाले मन्त्रीलाई विनाविभागीय बनाउने तयारी गरेपछि सरकार छाड्नुपर्याेः विष्णु पौडेल

१५ फागुन, काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले मन्त्रीप्रति प्रधानमन्त्रीको व्यवहारका कारण सरकार छाड्ने निर्णय गरेकाे बताएका छन् । पार्टी कार्यालयमा सोमबार बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको थियो ।

पौडेलले भने, ‘राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहेर काम गर्ने सोचमा थियौँ, पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले एमाले र मन्त्रीहरुलाई जुन अभिव्यक्ति र व्यवहार गर्नुभयो, त्यसपछि सरकारमा बस्न सकेनौं’, ‘परराष्ट्रमन्त्री विमला राईलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने वा विनाविभागिय मन्त्री बनाउने अभिव्यक्ति गरेपछि तथा एमाले र सहभागिताप्रति सार्वजनिक रुपमा टिप्पणी गरेपछि सरकारमा रहिरहन उचित हुने देखेनौँ ।’

हिजो जेनेभा जान लागेकी मन्त्री राईलाई प्रधानमन्त्रीले रोकेका थिए । पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १३:२१