२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

माई खोला हाइड्रोले फागुन २५ गतेबाट आईपीओ निष्काशन गर्दै, क- कसले दिन पाउछन् आवेदन ?

१५ फागुन, काठमाडाैं । माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे हाे ।

कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार ३ लाख ९२ हजार १५७ कित्ता सेयर जारी गरिनेछ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरिने सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्नेछ।

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि छिटाेमा चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्। तर, स्थानीयको हकमा भने मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री अवधि चैत २४ गतेसम्म लम्बिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ ।

आईपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक र प्राइम कमर्सिल बैंकका इलाम शाखाहरुबाट आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडाैं कमलादीस्थित कार्यालय र क्यापिटलले ल्याएको अनलाइन व्यवस्थाबाट पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्ति सी–आस्बा सेवामा सहभागी बैंक तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १३:०३