गण्डकी प्रदेशको लोगो तयार, गोरखाका बिनित रानामगरले बनाएको लोगो छानियो
१५ असोज, काठमाडाैँ । गण्डकी प्रदेशको प्रदेशसभाको लोगो तयर भएको छ । सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको छन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका बिनित रानामगरले बनाएको लोगो गण्डकी प्रदेशका लागि छानिएको हो ।
लोगोमा नेपालको नक्साको मध्यभागका पर्ने गण्डकी प्रदेशलाई विभिन्न जातजातिको पोशाकसहितको चित्रले छुट्याइएको छ । सिंगो नेपालको नक्साको तलमाथि गण्डकी प्रदेशका अन्य संकेत राखिएको छ ।
लोगोको दुईतिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ ।
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १९:५३