२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

छुट्ला है ! यी दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१५ फागुन, काठमाडाैं । विभिन्न २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज फागुन १५ गते अन्तिम दिन रहेकाे छ । वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थका लागि आदर्श लघुवित्त र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले भोलि फागुन १६ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज फागुन १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यी दुवै लघुवित्तले वितरण गर्ने लाभांश पाउनुका साथै सभामा सहभागि हुन सक्नेछन् ।

१) आदर्श लघुवित्त

आदर्श लघुवित्तले आफ्नो पाँचौँ वार्षिक साधारणसभा फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको बनेपा–११ सिनागलमा रहेको गौतम भिजेल रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीले गत आर्थिक वर्षको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

२) ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था

ग्लोबल आइएमई लघुवित्तले आफ्नो १० औँ वार्षिक साधारणसभा फागुन २४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको बैस्ट रिसोर्ट नेपालमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश पारित गर्ने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ०९:३२