२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्डको गैरजिम्मेवारीः परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण केही घण्टा अघि रद्द

१४ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र मन्त्री डा विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरेको पराष्ट्रमन्त्रीको भ्रमणमा जेनाभा उड्नु केही घण्टा अघिमात्र ब्रेक लगाएका हुन ।

आइतबार बिहान ११ बजे मन्त्री पौड्यालले मन्त्रालयमै पत्रकारहरूसँग कुरा गर्दै भ्रमणको औपचारिक जानकारी दिएकी थिइन । तर अपरान्ह ४ बजेतिर प्रधानमन्त्री प्रचण्डले सचिवालयका सदस्य मार्फत मौखिम रूपमा मन्त्रीको भ्रमण रोकिदिएका छन ।

संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन मन्त्री स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको थियो । मन्त्री पौड्यालसँग दैनिकीले भ्रमण स्थगनको बारेमा चासो राख्दा प्रधानमन्त्रीको सचिवालय मार्फत भ्रमणमा नजान निर्देशन आएको जानकारी दिइन । मन्त्री पौड्याल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा त्यसतर्फ जान लागेकी हुन् ।

नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री डा पौड्यालले आइतबार बिहान नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताएकी थिइन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १८:३०