सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्छः अध्यक्ष कँडेल
१४ फागुन, काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रका समस्या समाधान गर्न सबैको सकारात्मक भूमिका भएमा सहकारीप्रतिको विश्वास पुनःजागृत हुने र सोका लागि सरकारले साथ दिनुपर्ने बताएका छन् ।
आइतबार आर्थिक मिडिया सञ्चाल संघ (इमान) ले आयोजना गरेको ‘सहकारीमा संकट : कारण र समाधान’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले सहकारी क्षेत्रमा विकृति फैलिएको भन्दै यसलाई रोक्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै मिलेर काम गर्नु पर्ने उनको भनाइ थियो । यसका लागि सहकारीहरुले विभिन्न कोषहरुको व्यवस्था गर्नु पर्ने र ऐन अनुसार चल्नु पर्ने उनको धारणा थियो । साथै सहकारीहरुले आफ्नो क्षमता अनुसार लगानी गर्नु पर्ने उनले बताए ।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १७:११