आईपीओ निष्काशन गर्न दुई कम्पनीले धितोपत्र बोर्डलेबाट पाए अनुमति, कुनकाे कति कित्ता ?
१४ फागुन, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ। धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर र मोदी इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो।
१) माई खोला हाइड्रोपावर
माई खोला हाइड्रोपावरले स्थानीय, बैदेशिक राेजगारीमा गएका नेपाली र सर्वसाधारणलाई १०० अंकित दरका कुल १९ लाख २१ हजार ५६ हजार ८०० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने छ । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेकाे छ ।
२) मोदी इनर्जी लिमिटेड
मोदी इनर्जीले स्थानीय, बैदेशिक राेजगारीमा गएका नेपाली र सर्वसाधारणलाई १०० अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने छ । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेका छन्।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १६:०९












