२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

हरियाली छाएकाे बजारमा आइतबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

१४ फागुन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा सुधार देखिएकाे छ । बजार खुलेदेखि उच्च अंकले घटेकाे बजारमा बन्द हुँदा हरीयाली छाएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा बन्द भएको छ । आज २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँको कारोबार भएको छ ।आइतबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १० करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ८६ लाख रुपैयाँ, छिमेक लघुवित्तको ७ करोड १६ लाख, जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख र नेष्डो समृद्ध लघुवित्तको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १५:१२