१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, साेमबार बोलकबोल
१४ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भोलि फागुन १५ गते साेमबार १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १७ गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ । याे ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछ । ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । याे ट्रेजरी बिल २०८० वैशाख जेठ १६ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने छ। याे ट्रेजरी बिल २०८० फागुन १५ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिल भोलि फागुन १५ गते साेमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १४:४६












