नेप्सेमा ११ लाख कित्ता ऋणपत्र सूचीकृत
१४ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा साबिक बैंक अफ काठमाण्डूको १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ।
नेप्सेमा बैंक आफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)को १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख कित्ता भएको ‘बीओके डिबेन्चर–२०८६ (क)’ सूचीकृत भएको हो। यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउँछन्।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १३:१५












