छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद निष्कासन गर्ने
१४ फागुन, काठमाडाैं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । फागुन १२ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५० प्रतिशत अर्थात एक बराबर १.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।
यसअघि कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको २०७८ पुस ३० गते सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो ।
तर कम्पनीको २०७९ फागुन १२ गते बसेको संचालक समितिको बैठकले यस अघि साधारणसभा पारित गरेको ४० प्रतिशत हकप्रद रद्द गरि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
साधारणसभाले पारित गरेको १ वर्षपछि पुरानो प्रस्ताव रद्द गरेर कम्पनीले नयाँ प्रस्ताव गरेको हो ।नियमनकारी निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १०:४१












