शिव श्री हाइड्रोपावर घाटामाः बिद्युत बिक्रि आम्दानी २२ करोड, प्रतिसेयर आम्दानी कति ?
१४ फागुन, काठमाडाैं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर १३ करोड ५ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेकाे छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी १८ करोड ३ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानीमा थियो ।
दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २२ लाख ६८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिसम्ममा विद्युत बिक्रीबाट कम्पनीले १३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेकाे थियो।
यो अवधिमा कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ९ करोड ५६ लाख रुपैयाँ थियाे ।
हाल चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ४८ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा नकारात्मक र प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १०:२२












