२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

एशियन हाइड्रोको आईपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा

१४ फागुन, काठमाडाैं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर  (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाे कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड भएकाे हाे । कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख ३२ हजार २ सय २२ जना आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएकाे छ भने १४ लाख २५ हजार ७ सय २० जना आवेदककाे आवेदन मात्र योग्य भएकाे क्यापिटलले जनाएको छ ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारणले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी १३ लाख ५६ हजार आवेदकको हात खाली भएको छ। कम्पनीकाे आईपीओकाे नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np, सिडीएससीको मेरोशेयरको वेबसाइट  meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार ०९:४१