१ असार २०८१, शनिबार | Sun Jun 16 2024

स्वास्थ्यमन्त्री गिरीको स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेट


१२ फागुन, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति एलेन ब्रसेटसँग भेटवार्ता गर्नुभएको छ । स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन जानुभएका मन्त्री गिरीले स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गरेकाे उनका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।

उनीहरूबीच बिरामी सुरक्षामा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो । यही फागुन ९ गते राति सम्मेलनमा भाग लिन त्यसतर्फ गएका मन्त्री गिरी यही फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १८:३४