५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

मोरङमा १४ बर्षकी किशोरीलार्इ सामूहिक बलात्कार गर्ने दुर्इ जना पक्राउ

१५ असोज, मोरङ ।  प्रदेश नम्बर १ को राजधानी भएको मोरङ जिल्लामा १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् । घटना असोज १ गतेको हो ।


कार्यक्रम चलिरहेकै बेला शंकास्पद अवस्थामा स्थानीयले देखेपछि दुई युवक र ती युवतीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी निमुवामा बुझाएका थिए । दुईजना पक्राउ पर्दा जितेन्द्र भने भागेका थिए । भागेका जितेन्द्रलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १५:५०