५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

शुक्रबार पनि घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

१२ फागुन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सयले घटेर १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ९०० रुपैयाँमा काराेबार भएकाे छ ।

बिहीबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ११:०८