२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

तपाईंकाे खातामा आयाे त २० प्रतिशत नगद लाभांश ? नआए यसाे गर्नुहाेस्

१२ फागुन, काठमाडाैं । बोटलर्स नेपाल (बालाजु) लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीले पुस २७ गते सम्पन्न भएको ४४ औँ वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सभाबाट पारित साेही २० प्रतिशत नगद लाभांश (कर कट्टी गरेर) माघ २३ गतेदेखि नै हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ०९:३८