२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

अब सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने

११ फागुन, काठमाडौँ । अब अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको स्राेतले जानकारी दियाे ।

बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिधा दिएर भएपनि सार्वजनिक बिदाको दिन समेत सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । अत्यावश्यक कार्यालय कुन-कुन हुन भनेर सरकारले सूचीसमेत तयार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १९:५७