सेयर बजारमा भारी गिरावट, ३ दर्जन बढी लघुवित्तको सेयरमूल्यमा नकरात्मक सर्किट
११ फागुन, काठमाडाैं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.७४ अकंले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ । आज २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज ३ दर्जन भन्दा बढी लघुवित्तहरुको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १६:०६












