२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

राष्ट्र बैंकको कडाइपछि लघुवित्तको सेयरमा नकरात्मक सर्किट

११ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गरेपछि दोस्रो बजारमा लघुवित्त कम्पनीहरुको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संकरक्षण कोषमा राख्नुपर्ने ब्यवस्था गरेको थियो। यसले गर्दा बिहीबार बजार खुलेदेखि नै लघुवित्तको सेयरमा बिक्री चाप बढेको छ। आज कारोबार खुल्नसाथ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

हाल सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनीहरूको सूचीमा लघुवित्त मात्र छन् । समाचार तयार पार्दासम्मको अवधिमा नेप्सेमा ५१.९४ अंकको गिरावट आइसकेको छ । समाचार तयार पार्ने बेलासम्म महिला लघुवित्त, जीवन विकास लघुवित्त, आदर्श लघुवित्त र धौलागिरी लघुवित्तको शेयरमूल्य १०/१० प्रतिशतले घटेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १२:१८