२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि नेपाली टोलीको घोषणा (खेलाडीको सूचीसिहत)

१४ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र करण केेसी छन् ।

यस्तै र ललितनारायण राजवंशी, आरिफ शेख, सन्दिप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि टिममा परेका छन् । प्रदीपले यसअघि राष्ट्रिय टिमबाट अन्तिम पटक सन् २०१५ को विश्वकप छनोट खेलेका थिए । टोलीमा ब्याट्सम्यान प्रदीप ऐरी लामो समयपछि फर्किएका छन् । उनी लामो समयदेखि राष्ट्रिय टिममा पर्न कोशिश गरिरहेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १९:२४