छुट्ला है ! तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
११ फागुन, काठमाडाैं । विभिन्न तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ११ गते बिहीबार अन्तिम दिन रहेको छ। सबैको लघुवित्त, सिभिल लघुवित्त र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि सबैको लघुवित्त र सिभिल लघुवित्तले फागुन १४ गते र प्रभु इन्स्योरेन्स भोलि फागुन १२ गते बुक क्लोज गर्दैछन्।यसकाे अर्थ आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर खरिद गर्ने लगानीकर्ताहरूले यी ३ कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
१) सबैको लघुवित्त
सबैको लघुवित्तले आफ्नो छैटौँ वार्षिक साधारणसभा यही फागुन २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा तनहुँको बन्दीपुरस्थित मर्स्याङ्दी रिभर भ्यु रिसोर्टमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १८.९५ प्रतिशत लाभांश पारित गर्नेछ ।
२) सिभिल लघुवित्त
सिभिल लघुवित्तले ११ औँ वार्षिक साधारणसभा फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडाैंकाे त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.५७८९ प्रतिशत लाभांश पारित गर्नेछ ।
३) प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश पारित गर्नेछ ।
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०९:५१














