३३.५७ अंकले बढ्यो नेप्से, १ अर्ब ८० करोडकाे काराेबार
१० फागुन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर घटेकाे बजारमा बुधबार भने सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा बन्द भएको छ । आज नेप्से बढेपनिकारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन। यस दिन २६९ कम्पनीको ४७ लाख ७९ हजा ७९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १३ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज लिब्रिटी इनर्जी कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ ।
त्यसैगरी छ्याङ्दी हाइड्रोपावरको ९.५६ प्रतिशत, दोर्दीखोला जलविद्युतको ९ प्रतिशत, पिपुल्स पावर लिमिटेडको, ८.४० प्रतिशतले सेयर मूल्य बढेको छ । यस दिन आदर्श लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १५:२६












