२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

५ लघुवित्तले घाेषणा गरे सर्वाधिक लाभांश, यी कम्पनीकाे सेयर खरिद गर्दा अझै पाइन्छ लाभांश

१० फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कुल ४० वटा लघुवित्तले सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश घाेषणा गरेका छन् । यी कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । ४० वटा लघुवित्तमध्ये पनि यस बर्ष ५ वटा लघुवित्तले सेयरधनीहरूका लागि आकर्षक लाभांश घाेषणा गरेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, महिला लघुवित्त, नेशनल माइक्राेफाइनान्स लघुवित्त र जीवन विकास लघुवित्तले याे बर्ष सेयरधनीहरूका लागि सर्वाधिक लाभांश घाेषणा गरेका हुन् ।

१. जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरि कुल ७६.८४ लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । कम्पनीले हालसम्म साधारण सभा बाेलाएकाे तथा बुकक्लाेज मिति ताेकेकाे छैन्। यसकाे अर्थ अझै पनि याे कम्पनीकाे सेयर खरिद गर्ने सेयरधनीहरूले पनि कम्पनीले घाेषणा गरेकाे लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. उपकार लघुवित्त वित्तिय संस्था लिमिटेड

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश पारित गर्न कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा फागुन १८ गते, बिहीबार बैजनाथ १, गाभर भ्याली (सामुदायिक हाेमस्टे), बाँकेमा सञ्चालन हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कम्पनीले फागुन ४ गते बुकक्लाेज गरेकाे थियाे । यसकाे अर्थ फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनुका साथै सभामा सहभागि हुन सक्नेछन् ।

३. महिला लघुवित्त वित्तिय संस्था लिमिटेड

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । लाभांश पारित गर्न कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा फागुन २१ गते, आइतबार आगन्तुक रिसाेर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा बिहान ११ बजेदेखि सुरू हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले फागुन ५ गते एकदिन बुकक्लोज गरेकाे थियाे ।यसकाे अर्थ फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले हालै मात्र महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कर प्रयोजनको लागि रकम छुट्याएको छैन । कम्पनीले हालसम्म साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन् । यसकाे अर्थ अझै पनि याे कम्पनीकाे सेयर खरिद गर्ने सेयरधनीहरूले पनि कम्पनीले घाेषणा गरेकाे लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । याे कम्पनीले पनि हालसम्म साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन् । यसकाे अर्थ अझै पनि याे कम्पनीकाे सेयर खरिद गर्ने सेयरधनीहरूले पनि कम्पनीले घाेषणा गरेकाे लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १४:१२