चालू आर्थिक वर्षभित्रै लाखौँ युवालाई रोजगारीको अवसर सिर्जना गर्ने श्रममन्त्री विष्टको घोषणा
१४ असोज, काठमाडाैँ । सरकारले चालू आर्थिक वर्षभित्रै लाखौं युवालाई रोजगारीको अवसर सृजना गर्ने भएको छ । अार्इतबार सिंहदरबारमा रोजगारीको अवसर सृजनाका लागि आवश्यक छलफल गर्न आफैंले बोलाएको सरोकारवालाहरूसँगको अन्तर्क्रियामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले लाखौं युवाहरूलाई रोजगारीको अवसर सृजना हुनेगरी छिट्टै विशेष योजना सार्वजनिक गर्ने घोषणा पनि गरे ।
मन्त्री विष्टले शिक्षित जनशक्तिलाई रोजगारीको अवसर सृजना गर्न चुनौति देखिएको उल्लेख गर्दै व्यवस्थापनका लागि केही नीतिगत निर्णय गर्ने सोचमा आफू रहेको पनि स्पष्ट पारे । मन्त्री विष्टले शिक्षित युवाहरूलाई रोजगारीको अवसर दिने नीतिगत निर्णयबारे थप व्याख्या भने गर्न चाहेनन् ।
मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई युवाहरूको साझा कार्यक्रमको रूपमा स्थापित गराउने बताउँदै राजनीतिक पूर्वाग्रहबाट मुक्त राखिने बताए । उनले ५ वर्षभित्र ५ लाख युवाहरूलाई रोजगारी दिने लक्ष्य रहेको र त्यो पूरा गर्न अाफू प्रयत्नशील रहेको बताए ।
प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १७:३२