१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

आज मुटु निचोर्दै घायल बनायो (गजल-स्वतन्त्र)

–सुदामा कृष्ण

उ हारेर कसैलाई सफल बनायो
जित्नेले उसैलाई पागल बनायो

हिजो सब देखायो छाती खोलेर
आज मुटु निचोर्दै घायल बनायो

शिरमा सजायो -सम्झिएर ताज
बदलामा उसैलाई चप्पल बनायो

उ आज सडकमा छ छानो छोडेर
जसले रगत बेचेर -महल बनायो

कि मर्थ्यो कि त बहुलाउँथ्यो होला
विकल्पमा साथी -बोतल बनायो

प्रकाशित मिति : September 30, 2018 at 4:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/