५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आज मुटु निचोर्दै घायल बनायो (गजल-स्वतन्त्र)


–सुदामा कृष्ण

उ हारेर कसैलाई सफल बनायो
जित्नेले उसैलाई पागल बनायो

हिजो सब देखायो छाती खोलेर
आज मुटु निचोर्दै घायल बनायो

शिरमा सजायो -सम्झिएर ताज
बदलामा उसैलाई चप्पल बनायो

उ आज सडकमा छ छानो छोडेर
जसले रगत बेचेर -महल बनायो

कि मर्थ्यो कि त बहुलाउँथ्यो होला
विकल्पमा साथी -बोतल बनायो

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १६:३४