५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

फोहरमैला व्यवस्थापन गर्न व्यापारीलाई डोको

९ फागुन,डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखानक्षेत्रका व्यापारीलाई फोहरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ । ‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारिलाई डोको वितरण गरिएको हो । स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रुपमा प्रयोग गर्दा बजार क्षेत्रमा सरसफाइमा सहयोग पुग्नाका साथै प्लास्टिक मुक्त क्षेत्रमा मद्दत पुग्ने बोगटान फुड्सिल–१ वडाध्यक्ष खेमबहादुर घर्तिमगरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “डस्टबिनका रुपमा डोकोको प्रयोग गर्दा स्थानीयस्तरमा निर्माण गरिएका कच्चापर्दाथको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रुपमा प्रयोगमा ल्याउन सक्ने छन् ।” स्थानीयस्तरमै बाँस–निगालाबाट निर्माण गरिएका डोका डस्टबिनका रुपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएका हुन् ।

प्रकाशित मिति : 15:58