१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

पार्टी विधान संशोधनमा जुटेको छः उपसभापति निधि

१४ असोज,घोराही । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताउनुभएको छ । पे्रस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताउनुयो ।

सङ्घीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हँुदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उहाँको भनाइ थियो । काङ्गे्रस ऐतिहासिक पार्टी भएको हँुदा लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले सो कामलाई जोडदार रुपमा अगाडि बढाएको दाबी गर्नुभयो ।

उहाँले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिनुभयो । नेता निधिले कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाउनुभयो । “विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन,” निधिको आरोप थियो

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १२:२४