१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

युनिक नेपाल लघुवित्तले बाेलायाे साधारणसभा

८ फागुन, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चैत ४ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे सभा होटल सेन्ट्रल प्लाजा, कोहलपुर न.पा. वडा –४ बाँकेमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल गर्ने छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्वाचन गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुकक्लोज गर्ने भएको छ । यसकाे अर्थ फागुन २१ गतेसम्म नेप्सेमा कायम  सेयरधनीहरुले मात्र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १२:४०