१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

लाभांश पारित गर्न सपोर्ट लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

८ फागुन, काठमाडाैं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको ८ औँ बार्षिक साधारणसभा चैत्र ४ गते दुगौ पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

सभाले लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाचित गर्ने छ ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २१ मा बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १२:२१